३२ लाख बराबरको मालसामान लोड रहेको सर्लाही ढुवानी ट्रान्सपोर्टबाट पठाईएको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा ।

समाचार

रसीद आलम,बिरगंज ,११ जेठ ।

बिल बिजक भन्दा बढी औषधी, हार्डवेयर तथा खुद्रा सामानहरू लोड रहेको ट्रक पर्सा प्रहरीले  पक्राउ गरेको जनाएको छ ।

वीरगञ्जबाट सर्लाहीतर्फ गईरहेको विशेष सूचनाको आधारमा  जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बुधबार  विहान ९ बजे  वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा स्थित सडकखण्डमा ना.७ ख ७६७६ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा सर्लाही ढुवानी ट्रान्सपोर्टबाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रकलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पक्राउ परेका सो सामानहरुको मुल्य रू. ३२,३७,७३९।- (बत्तीस लाख सड्तीस हजार सात सय उनचालीस ) बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैयमा बुझाइएको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *