पर्सा प्रहरीद्वारा ११ लाख बराबरको चोरी पैठारीका अबैध खाद्यान्न तथा कपडाहरू पक्राउ ।

समाचार

रसीद आलम,बिरगंज ,१७ जेठ ।

भन्सार छली चोरी पैठारी गरी ल्याएको अबैध विभिन्न किसिमका खाद्यान्न तथा कपडाहरू पर्सा प्रहरीले पक्राउ गरेको जनाएको छ।

विशेष सूचनाको आधारमा मंगलबार राती ८:३० बजेको समयमा  वीरगञ्ज महानगरपालिका वडा नं.१५ भिष्वा बस्ने लालबाबु साहको दुई तल्ले पकी घरमा कोठा भाडामा लिई नामथर वतन नखुलेको व्यक्तिले काजु, लत्ताकपडा, खुल्ला पापड, लवाङ्ग, सर्टको थान कपडा लगायतका मालबस्तुहरू भन्सार छली चोरी पैठारी गरी अनाधिकृतरूपमा भण्डारण गरेको पाईएकोमा सो मालबस्तुहरू नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उक्त विभिन्न मालबस्तुहरू मध्ये काजु-४०० के.जी., सर्ट थान कपडा-२२५७ मिटर, खुल्ला पापड-१४७ के.जी., ल्वाङ्ग-७२ के.जी., हुक्काको फलेवर-४६ प्याकेट गरी जम्मा रू.११,६६,७९०।– ( एघार लाख छयसठ्ठी हजार सात सय नवे ) बराबरको मुल्यांकन गरि सो मालबस्तुहरूलाई आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *