रसीद आलम,बिरगंज ,१८ जेठ ।
सशस्त्र प्रहरी बल नेपाल पर्सा बिओपि श्रीसियाले चेकजाँच गर्ने क्रममा बिरगंजको आदर्शनगरबाट बिल बिजक सन्कास्पद रहेको तथा अनलाइन ट्रेकिङ बिल नरेहेको विभिन्न मालसामानहरु पक्राउ गरेको जनाएको छ ।
जया एन्ड जिया ईमपेक्सको सो मालसामानहरु रहेको तथा जारी गरेको बिलबिजक अनुसार सो मालसामानहरुको रु.१० लाख २८ हजार २ सय ८१.९२ पैसा मुल्यांकन रहेको उक्त मालसामानहरु ई- रिक्सामा लोड रहेको अवस्थामा पक्राउ गरिएको बिओपि श्रीसियाका सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र साउदले जनाएका छन् ।

पक्राउ परेका ई- रिक्सामा लोड रहेका सो मालसामानहरु तथा ई- रिक्सासहित थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक साउदले बताएका छन् ।
