राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्ने

राजनीति समाचार

काठमाडौं, २६ जेठ । राप्रपा नेपालका जनबर्गिय संगठनहरुले संयुक्त रुपमा भ्रष्टाचार, कुशासनसङ्गै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दराष्ट्रको माग राखी आज काठमाडौंमा बिरोध प्रदर्शन गर्ने भएको छ ।

 

दिउँसो २:०० बजे बबरमहलमा जम्मा भई जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उनका अनुसार आजको सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्ने  समेत उनले बताए ।

 

नेपाली भुमि सट्टापट्टा नितिको राप्रपा नेपालले चर्को आलोचना गरेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *