बिरगंजमा वृक्षारोपण कार्यक्रम भब्यताका साथ सम्पन्न ।

समाचार

रसीद आलम, बिरगंज , २६ जेठ ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको सहयोग तथा ग्रीन सिटि सामुदायिक प्रहरी सेवा र सामुदायिक प्रहरी सेवा छपकैया केन्द्र-२ को आयोजनामा वीरगंज महानगरपालिकामा वृक्षारोपण कार्यक्रम भब्यताका साथ सम्पन्न भएको सामुदायिक सेवा छपकैया २ को अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जनाएका छन् ।

महानगरका उप प्रमुख इम्तियाज आलमको विशेष अगुवाइमा छपकैया इदगाह चौक देखि घण्टाघर सम्म शान्तिपुर्ण एवं सुरक्षित समाजका लागि वृहत वृक्षारोपण कार्यक्रम गरियोको तथा सो कार्यक्रममा उप प्रमुख  आलमले “वृक्षारोपण कार्यक्रम सफल पार्न स्थानियवासीको विशेष सहयोग चाहिन्छ ,त्यसका लागि प्रत्येक ब्यक्तिले आफ्नो घर अगाडि रहेको बिरुवामा आवश्यकता अनुसार पानी हाल्न” समेत अनुरोध गरेका छन् ।

“नेपाल एक प्राकृतिक रूपमा संसारकै एउटा सुन्दर देश हो र रुख बिरुवाहरू पृथ्वीकै सबभन्दा अमुल्य धन हो जसले मानव लगायत सम्पूर्ण जीवित प्राणीहरुलाइ प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले फाइदा पुरयाईरहन्छ, त्यसैले हामी प्रकृति जोगाउने कार्यमा पनी अग्रसर रहनु पर्छ” भनी महानगरका उप प्रमुख  आलमले बताएका छन् ।

उक्त कार्यक्रममा वीरगन्ज वडा २ का वडा अध्यक्ष महमद रेयाज मिया , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिदुर शिवाकोटी लगायत स्थानीय निकायका पदाधिकारी , समाजसेवी , बुद्धिजीवी तथा स्थानीयवासीको उल्लेखनीय सहभागीता रहेको थियो ।

“बढदो प्रदुषणको मध्य नजर गर्दै मानव जातिको स्वास्थयमा प्रदुषणको प्रतिकुल असरबाट जोगाउन तथा स्वच्छ वातावरण हरा भरा बनाउने उदेश्यले बृक्षा रोपन गर्ने अनिवार्य रहेको” वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिदुर शिवाकोटीले बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *