धरानको मेयर हर्क साम्पाङ आज अदालतमा उपस्थित हुदैँ

राजनीति समाचार

बिराटनगर, ३२ जेठ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आज उच्च अदालत विराटनगरमा उपस्थित हुदैँछन् ।

 

खानेपानी सबन्धी मुद्धामा धरान उपमहानगरपालिकाका प्रमुख हर्क सम्पाङविरुद्ध दायर रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उनलाई अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

अध्यक्ष विहीन धरान खानेपानी बोर्डको सदस्यमात्र रहेका मेयर साम्पाङले नियमविपरीत अध्यक्षसरह काम गर्दै आएको भन्दै दायर रिटमा उच्च अदालतले हिजो अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

उच्च अदालत, बिराटनगरका न्यायधिस मुरारीबाबु श्रेष्ठको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि जेठ ३२ गते बोलाएकले बिहिवार उनी अदालतमा उपस्थित हुन लागेका हुन ।

 

उनी बिरुद्ध खानेपानी बोर्डका सदस्य विजय श्रेष्ठलगायतले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए। खानेपानी बोर्डको बैठक नै नबोलाई मेयर साम्पाङले एकलौटी रुपमा काम गरेको भन्दै रिट निवेदकले अन्तरिम आदेश माग गरेका थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *