जसपा नेपालमा ७० वर्षे उमेर हद, १५१ सदस्यीय केन्द्रिय समिति

राजनीति समाचार

काठमाडौं, १० असार । जनता समाजवादी पार्टी नेपालले ७० बर्षे उमेर हद कायम गर्ने भएकाे छ ।

 

काठमाडौंमा आजवाट सुरु हुने बिधान अधिवेसनका लागि प्रस्तावित मस्यौदा बिद्यानमा सो उमेर हदको ब्यवस्था गरेको हो ।

 

केन्द्रिय समितिवाट हिजो अनुमोदित भएको सो बिद्यान आजवाट सुरु हुने बिद्यान अधिवेसनमा पेश गरिदैँछ ।

जसअनुसार ७० वर्ष उमेर भएको व्यक्तिले अब केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिमा पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनित हुन पाउने छैनन । यो प्रस्ताव पारित भएमा सो उमेर हदको सो ब्यवस्था तुरुन्तै लागु हुनेछ ।

त्यसैगरी, एउटा ब्यक्तिले दुई कार्यकाल भन्दा बढी समयसम्म एउटै जिम्मेवारी लिन नपाउने ब्यवस्था पनि गरिएको छ ।

 

जसअनुसार जिल्ला समिति, प्रदेश र राष्ट्रिय समिति र केन्द्रीय समितिको पदाधिकारीको हैसियतमा कार्यरत एउटै व्यक्ति, एउटै तह र एउटै पदमा लगातार दुई कार्यकाल वा १० वर्ष भन्दा बढी कार्य पूरा गरी सकेको भए सोही पदका लागि पुनः उम्मेदवार हुन नपाउने व्यवस्था प्रस्तावित विधानमा उल्लेख गरिएको छ।

 

जसपा नेपालले सानो तथा छरितो केन्द्रिय कार्यसमिति बनाउने प्रस्ताव गरेको छ ।

 

जसअनुसार अब देखी राष्ट्रिय महाधिवेशनले १३ सदस्यीय पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति रहने प्रस्ताव गरिएको छ।

 

प्रस्तावित बिद्यान अनुसार नयाँ केन्द्रिय कार्यसमितिमा १ जना अध्यक्ष, १ जना सहअध्यक्ष ३ जना उपाध्यक्ष, महासचिव १ जना, उपमहासचिव ३ जना, सचिव ३ जना र कोषाध्यक्ष १ जना रहने गरी छरितो केन्द्रिय समिति बनाउने प्रस्ताव गरिएको छ । हाल जसपाको ४ सय ४० केन्द्रिय सदस्य रहेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *