पर्सामा कन्टेनरको ठक्करबाट एक गर्भवती महिला घाइते।

समाचार

बिरगंज ,१२ असार ।

परवानिपुर ड्राईपोर्ट सडक खण्डमा पर्ने बिरगंज म.न.पा. २८ बगही चौक प्रबेशद्वार नजिकमा सोमबार साझ ५:३० मा युपि ५३ डिटि ९८५६ नम्बरका एक भारतीय कन्टेनरको ठक्करबाट एक गर्भवती महिला सख्त  घाइते भएको जानकारी प्राप्त भएको छ।

बगही निवासी राम नाथ सहनीको उनी छोरी हुन , निजको खुट्टा ,ढाड फ्याक्चर भएको र  नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचार भैरहेको निजको दाइ सरोज कुमार सहनीले जनाएका छन् ।

सो कन्टेनरको ड्राइभर गाडीलाई ब्याक गरि ज्यान मार्ने मानसायले सख्त घाइते बनाएको सरोज कुमार सहनीले दाबी गरेका छन् ।

गाडी र ड्राइभर पर्सा प्रहरीको नियन्त्रणमा छ तथा उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *