रसीद आलम ,बारा ,१९ असार ।
ईलाका प्रहरी कार्यालय निजगढ बाराले लागु औषध गाजा सहित एक जना महिला समेत २ जना मानिसलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आज मंगलवार बेलुकी ४:०० बजेको समयमा निजगढ न.पा.११ उनासिकिलो पुल स्थित पुर्व पश्चिम सडक खण्डमा खटिएको चेकिङ टोलीले पोखराबाट जनकपुर तर्फ आउदै गरेको ग १ ख ९९२८ नम्बरको बसमा सवार जिल्ला धनुषा ढल्केवर न.पा.वडा नं.७ केमलीपुर बस्ने रामबली साहको श्रीमति बर्ष ३० कि राम पुकारी साहलेआफनो साथमा रहेको कालो झोलामा लुकाई छिपाई राखेको ६ किलो ५०० ग्राम लागु औषध गाजा बरामद गरि निजलाई पक्राउ गरिएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जनाएका छन् ।
उक्त बसका चालक जिल्ला पर्वत कुश्मा न.पा.वडा नं.८ बस्ने बर्ष ४५ को कमल दमाई र सहचालक जिल्ला तनहु व्यास न.पा.११ बस्ने बर्ष २१ को अमित लम्साललाई पनि प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बारा प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम पाण्डेले जनाएका छन् ।
