भोलिसम्म सहमति गर्नुहोस्, आजको बैठक सूचना टाँसेर स्थगित गरौं : सभामुख घिमिरे,सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित

राजनीति समाचार

काठमाडौं, २२ असार । सभामुख देवराज घिमिरेले शनिबारसम्म सहमति कायम गरेर प्रतिनिधिसभा बैठक चल्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका छन् ।

शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले भने, “सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला । संसद अवरुद्ध हुँदा विधेयक (खासगरी मिटरब्याज सम्बन्धी) निष्क्रिय हुनु राम्रो होइन । तपाईंहरु एउटा निष्कर्षमा पुग्नैपर्छ । त्यसका लागि सहजिकरण गर्न म तयार छु । पर्सीसम्मा सहमति गर्नुहोला । आजको बैठक सूचना टाँसेर स्थगित गरौं ।”

प्रधानमन्त्रीको राजीनामा मागेर एमालेले सदन अवरूद्ध गर्दै आएकाले सभामुख घिमिरेले सो आग्रह गरेका हुन् ।

 

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । शुक्रबार अपरान्ह ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरिएको हो ।

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै सदन अवरुद्ध गर्दै आएको छ । शुक्रबारको बैठकमा पनि एमालेले अवरोध गर्ने भएपछि सूचना टाँसेर स्थगित गरिएको हो ।

शुक्रबार दिउँसो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले शनिबारसम्म सहमति कायम गरेर प्रतिनिधिसभा बैठक चल्ने वातावरणा बनाउन दलहरुलाई आग्रह गरेकाक छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *