रसीद आलम,बारा,२२ असार ।
बाराको प्रसौनीमा सवारी दुर्घटना हुँदा दुई जना ब्यक्तिहरु सख्त घाइते भएको बारा प्रहरीले जनाएको छ।
कलैया बाट विरगंज तर्फ आउदै गरेको ना ७ ख ६४३४ नम्बरको टिपरले विपरीत दिशा बाट जादै गरेको ना २४ प ३४५ नम्बरको मोटरसाइकललाई बारा प्रसौनी गा.पा.वडा नं २ प्रसौनी दुधौरा पुलनिर आज बिहान् ११:१० बजेको समयमा ठक्कर दिदा मोटरसाइकल चालक जिल्ला बारा करैयामाई गा.पा. १ सहजौली बस्ने वर्ष ३० को फिरोज हवारीको शरीरको विभिन्न भागमा चोट लागेको तथा पछाडी सवार जिल्ला बारा प्रसौनी गा.पा. १ प्रसौनी बस्ने वर्ष २३ को महम्मद बाबुजान आलमको हात,खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
घाइतेहरुलाई उपचारको लागि एल एस न्युरो हस्पिटलमा पठाएको तथा टिपर र सोको चालक जितपुरसिमरा उ.म.ना.पा. १६ बस्ने वर्ष ५२ को ज्ञान बहादुर तामाङ र मोटरसाइकललाई नियन्त्रणमा लिई सो घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक बिनोद बोहराले जनाएका छन।