रसीद आलम,बिरगंज ,२४ असार ।
भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका लत्ताकपडा, खाद्यान्न, हार्डवेयर तथा ईलेक्ट्रोनिक सामानहरु बरामद गरेको पर्सा प्रहरीले जनाएको छ।
शनिबार मधेश प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त प्रहरी टोलीले काजु -१९ डिब्बा ( १९० के.जि),पाईन्ट रोल कपडा -२८ थान ,होल्डर ४३ प्याकेट ( ८६० पिस) सामान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
त्यस्तै वडा प्रहरी कार्यालय विर्ता, प्रहरी चौकी ईनर्वा र अस्थाई प्रहरी पोष्ट ईनर्वागाँउको टोलीहरुले, पुजा मिश्र – १०० के.जि,लेगीज सुरवाल – ९ पिस, मोटरसाइक पार्टसहरु, चिनि -२५ के.जि , लेडिक कुर्ता – १६० पिस, चप्पल – ३३ जोर , मिट मसाला – १ बोरा र किरना पसलका समानहरु – १ बोरा नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।
उक्त पक्राउ गरेका सामानहरु बरामद गरी रु.९ लाख ९७ हजारको मुल्यांकन गरि आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको प्रवक्ता गिरिले बताएका छन।