मकवानपुरबाट तीन किलो गाँजासहित तीन जना पक्राउ

समाचार

काठमाडौं, ३० असार । मकवानपुरबाट तीन किलो गाँजासहित तीन जना पक्राउ परेका छन् । शनिबार बिहान प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–९, शान्ति टोलका १९ वर्षीय राहुलकुमार बैठासहित तीन जना रहेका छन् ।

मकवानपुरको मनहरी गाउँपालिका–७, मनहरी खोलाको बगरबाट अवैध लागूऔषध गाँजा तीन किलो २६० ग्रामसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *