बिरगंजमा सर्टगनको गोली सहित एक भारतीय नागरिक पक्राउ।

समाचार

रसीद आलम,बिरगंज ,८ साउन ।

वीरगञ्ज महानगरपालिका वडा नं.१६ भानुचोक स्थित सडकखण्डबाट सर्टगनको गोली सहित एक भारतीय नागरिकलाई  पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।

आइतबार राति ९:३० बजेको समयमा प्रहरी चौकी बसपार्कको प्रमुख वरिष्ठ सई नरेश बहादुर शाहिको कमान्डमा खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा  संकास्पदरूपमा हाँतमा झोला बोकी पैदल हिँडि बसपार्कतर्फ आउदै गरेको अवस्थामा भारत विहार पश्चिमी चम्पारण जिल्ला वेतिया ग्राम लगुनाहा वडा नं.१४ बस्ने वर्ष २२ को मुरारी कुमार कुशवाहालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

निजलाई  खानतलासी गर्दा 12 Shaktiman 12 Express लेखिएको सर्टगनको गोली राउण्ड १५ थान, KF 12 लेखिएको सर्टगनकै गोली राउण्ड ३ थान 12KF 1296 लेखिएको राउण्ड १ थान गरी जम्मा १९ राउण्ड फेला परेको हुँदा उक्त गोली सहित  लिई निज विरुद्द हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *