बारामा सुमो दुर्घटना हुँदा ८ जना घाइते ।

समाचार

रसीद आलम, बारा,३ असोज ।

बाराको जितपुरसिमरा उ.म.न.पा.-२१ पुर्ब पश्चिम लोक मार्ग सडक खण्ड अम्लेखगंजमा सुमो दुर्घटना हुँदा ८ जना घाइते भएको बारा प्रहरीले जनाएको छ।

बुधबार बिहान् ८:०० बजेको समयमा निजगढ बाट काठमाण्डौ तर्फ जादै गरेको ना १ ज ३८४७ नम्बरको सुमोको अचानक ब्रेक फेल भई एक्कासी दुर्घटना हुदा १ जना गम्भीर घाइते सहित ८ जना घाइते भएको छ।

घाईतेहरुको कार्की मेडिकल तथा एल.एस.न्युरो अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ।

घाइते हुनेहरूमा निजगढ न.पा.-०८ बस्ने बर्ष २० को बिकास कुमार चौधरी,सोही बस्ने बर्ष ६४ को नेथुलाल चौधरी,बर्ष ६३ कि सजिया देवी चौधरी,बर्ष १७ को आदित्य भण्डारी ,बर्ष ३० कि सुमित्रा पौडेल,निजको छोरा बर्ष ८ को सारान्स न्यौपाने,जितपुरसिमरा उ.म.न.पा.-१६ पुलिवा बस्ने बर्ष ३१ को अरति तामाङ र सिन्धुलि दुधौली न.पा.-०९ बस्ने बर्ष ७ को किसान पोख्रेलको टाउकोमा चोट लागेकाले अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

सुमो चालक निजगढ न.पा.९ बस्ने बर्ष ३७ को दिल बहादुर मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *