६ जना फरार प्रतिवादी पक्राउ: बाराबाट विभिन्न मुद्दामा फरार अभियुक्तहरू प्रहरी नियन्त्रणमा

समाचार

बारा, असार १८।
जिल्ला प्रहरी कार्यालय, बाराद्वारा जारी प्रेश विज्ञप्तिअनुसार विभिन्न मुद्दामा लामो समयदेखि फरार रहेका ६ जना प्रतिवादीहरूलाई पक्राउ गरिएको छ।

प्रहरी कारवाहीको क्रममा बाराका विभिन्न प्रहरी इकाइहरूबाट खटिएको टोलीले बारा जिल्ला अदालत कलैयाबाट सजाय तोकिएका र विभिन्न मुद्दामा फरार रहेका व्यक्तिहरूलाई खोजतलास गरी लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरेको हो। पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक कानूनी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ परेका प्रतिवादीहरूको विवरण:

सि.नं. नाम उमेर ठेगाना कसुर सजाय/जरीवाना प्रहरी इकाइ
कमलेश्वर साह सोनार २५ कलैया उ.म.न.पा. ४ चेक अनादर जरीवाना – रु. १,०००/- जिल्ला प्रहरी कार्यालय बारा
मुन्ना साह कानु २५ कलैया उ.म.न.पा. २०, बसतपुर चोरी कैद – १ महिना १५ दिन, जरीवाना – रु. १०,०००/- प्रहरी चौकी बसतपुर
बच्चुलाल साह कलवार ६१ पचरौता न.पा. ७, बेनौली कर्तव्य जान चालु मुद्दा प्रहरी चौकी पिपरपाती
समिम देवान ४३ विश्रामपुर गा.पा. १ नागरिकता किर्ते चालु मुद्दा ईलाका प्रहरी कार्यालय छतवा
राजेश्वर प्रसाद केसरी ५० कलैया उ.म.न.पा. १२, धर्मनगर नागरिकता किर्ते चालु मुद्दा प्रहरी चौकी मटिअर्बा
रामदिनेश प्रसाद साह ४३ कलैया उ.म.न.पा. १२, धर्मनगर बैंकिङ कसुर चालु मुद्दा जिल्ला प्रहरी कार्यालय बारा

बारा प्रहरीले नागरिक सुरक्षाका लागि फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता तथा तीव्रता दिने बाराका एसपी सन्तोष तामाङले प्रतिबद्धता जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *