बारा: १८ लाख बराबरको ईलेक्ट्रोनिक सिगारेट पक्राउ ।

समाचार

रसीद आलम , बारा ४ असोज ।

काठमाण्डौबाट मलंगवा तर्फ जादै गरेको प.३-०१-००६ ख १२८९ नम्बरको बसमा दिसपोजेबल ईलेक्ट्रोनिक सिगारेट(disposable Electronic Cigarette )१० कार्टुन बरामद गरेको बारा प्रहरीले जनाएको छ।

बुधबार राति ११.१० बजेको समयमा निजगढ न.पा.वडा न.८ तामागढी गेटमा ईलाका प्रहरी कार्यालय निजगढबाट  खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा रु.अठार लाख छयालिस हजार चार सय बिस बराबरको बजार मुल्य पर्ने सो ईलेक्ट्रोनिक सिगारेट पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *