रसीद आलम, बारा,४ असोज ।
बाराको फेटा गा.पा.१भलुही चोक नजिक ना १ ह ३८७७ नम्बरको ई- रिक्साले प्र.२-०३-०१७ प ९७५० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल चालक कलैया-२३ बस्ने बर्ष ३३ को श्री भगवान पटेल घाईते भएको र उपचारको क्रममा प्रादेशीक अस्पताल कलैयामा मृत्यू भएको प्रहरीले जनाएको छ।
बुधबार साझ ६:४० बजेको समयमा उक्त घटना घटेको र फरार रहेका ना १ ह ३८७७ नम्बरको ई रिक्सा चालक परवानिपुर गा.पा. ५ बहुअरि बस्ने बर्ष ३५ को सुधन दासलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको बारा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जनाएका छन्