बिरगंजमा प्रतिबन्धित लागु औषध सहित एक जना मानिस पक्राउ ।

समाचार

रसीद आलम, बिरगंज ,४ असोज।

प्रतिबन्धित लागु औषध  सहित एक जना मानिसलाई बिरगंजमा  पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा बुधबार साझ ५:०० बजेको समयमा  वीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित शंकराचार्य गेटमा रक्सौलबाट वीरगञ्जतर्फ आउदै गरेका प्र.२-०२-००४ प ७४९५ नम्बरको स्कुटीलाई रोकी चेकजाँच गर्दा स्कुटीको  सिटमुनी रहेको फल्स सिलिङमा कालो प्लाष्टिक भित्र प्रतिबन्धित लागु औषध Onrex 100 ml को ६९ बोत्तल फेला परेको हुँदा  स्कुटी र उल्लेखित लागु औषध सहित स्कुटी चालक हेटौडा उ.म.न.पा.वडा नं.४ बस्ने वर्ष ३४ को अजित तामाङलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जनाएका छन् ।

पक्राउ परेका तामाङमाथि लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भैरहेको डिएसपी कुमार बिक्रम थापाले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *