बारा:७७ लाख भन्दा बढीका मालसामान लोड रहेका ट्रकहरु पक्राउ ।

समाचार

रसीद आलम,बारा, ५ असोज ।

जिल्ला प्रहरी कार्यालय बाराले ७७ लाख भन्दा बढीका अबैध मालसामान लोड रहेका ट्रकहरु पक्राउ गरेको जनाएको छ।

बिहीबार  बिहान ४:४० बजेको समयमा जितपुरसिमरा
उ.म.न.पा.वडा न.२१ स्थितमा जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेक जाच गर्ने क्रममा विरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको अवस्थामा सवारी साधनहरुबाट बिल भरपाई नभएको, अबैध सामानहरु लोड गरेको फेला परेकोले उक्त सामानहरु सहित  गाडीहरु पक्राउ गरीएको बारा प्रहरीले जनाएको छ।

पक्राउ पर्ने गाडीहरूमा बिरगंज बाट काठमाण्डौ तर्फ जादै गरेको ना. ६.ख.००८० नम्बरको ट्रकमा रु.२३ लाख १ हजार ८ सय छब्बिस बराबरको खुद्रा सामानहरु लोड रहेको ,बिरगंज बाट काठमाण्डौ तर्फ जादै गरेको ना.३.ख.७३११ नम्बरको ट्रकमा रु.२३ लाख २७ हजार १ सय ६० बराबरको खुद्रा सामानहरु लोड रहेको ,बिरगंज बाट काठमाण्डौ तर्फ जादै गरेको ना.३.ख. ४५६० नम्बरको ट्रकमा रु.२५ लाख ९८ हजार ३ सय ४२ बराबरको खुद्रा सामानहरु लोड रहेको तथा हेटौडा बाट महोत्तरी तर्फ जादै गरेको बा. २१. च.८९९७ नम्बरको  पिकअप गाडीमा अनलाईन बिल नभएको रु.५ लाख बराबरको ५ वटा गाई बरामद भएकोले सो गाडीहरूलाई नियन्त्रणमा लिईएको बारा प्रहरीका सूचना अधिकारी प्र.ना.उ.(डिएसपी) दधिराम न्यौपानेले बताएका छन् ।

नियन्त्रणमा लिएको चारवटै गाडीहरूमा लोड रहेको सामानहरुको जम्मा रु.७७ लाख २७ हजार ३ सय २८ बराबरको मुल्यांकन गरि आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *