ट्रक र स्कार्पियो ठोकियो, गाडी क्षतविक्षत, ५ जना गम्भीर

बिदेश राजनीति समाचार

रौतहट २९ माघ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका स्थित आज बिहान स्कार्पियो र मालवाहक ट्रक आमुने सामुने ठोकिँदा स्कार्पियोको अवस्था क्षतबिक्षत बनेको छ।

स्कार्पियोका चालक सहित सवार ५ जना गम्भीर घाईते भएका छन्।

 

मंगलवार बिहान ८;२० बजेको समयमा चन्द्रपुर ५ चाँदी पुल स्थित चपुरबाट सर्लाही तर्फ जादै गरेको ना.४ च. ३६९४ न.को स्कारपिओ र बिपरित दिसाबाट आउदै गरेको बा.प्र.०१-००६ ख.५७ २९ न.को ट्रक एक आपसमा ठक्कर लागेको थियो। ठक्करबाट स्कार्पियोमा सवार स्थानिय मौलापुर नगरपालिका ३ का बर्ष २० को सुदिप कुमार यादवको टाउको मुख र निधारमा चोट लागेको छ। दुर्गा भगवती गाउँपालिका ५ का बर्ष १८ को प्रसान्त ठाकुरको बाँया हात,दाहिने आँखी, भौं मा चोट लागेको छ।

 

चालक बौधीमाई नगरपालिका ३ मटिअर्वाका बर्ष २१ को रामविनय महतोको दाहिने हात र निधारमा चोट  लागेको र अवस्था मध्यम रहेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका इन्स्पेक्टर विशाल तामाङले बताएका छन्। त्यसैगरी बौधिमाई २ का बर्ष १८ को प्रदिप कुश्वाहा निधार टाउको,कानमा चोट  अवस्था मध्यम रहेको छ।

 

बारा सिम्रौणगढ नगरपालिका ७ का बर्ष २८ को संतोष कुश्वाहाको टाउको,चिउडोमा चोट अवस्था सिरियस रहेको इन्स्पेक्टर  तामाङले जानकारी दिएका छन्।  घाईतेहरुलाई उपचारको लागी चन्द्रपुर प्रा.ली अस्पतालमा  पठाईएको प्रहरीले जनाएको छ।घाईते मध्ये कुशवाहाको अवस्था गम्भीर रहेको तथा अन्यको सामान्य अवस्थामा उपचार भईरहेको अस्पतालका प्रमुख डाक्टर सुभाष चौधरीले बताएका छन्।

दुर्घटनामा परेको ट्रक र ट्रक चालक दोलखा जिरि नगरपालिका ४ बस्ने बर्ष २८ को फुरी तामाङ र स्कार्पियो ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको तथा अनुसन्धान भईरहेको इन्स्पेक्टर तामाङले जानकारी दिएका छन्।

घटनास्थलमा शान्ती सुरक्षाको कारण सई महानन्द कुमार  यादवको कमाण्डमा टोली खटाइएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *