बारालाई अबैध घरेलु मदिरा मुक्त बनाउने प्रतिबद्धता – प्रहरी प्रमुख काफ्ले, ४०५० लिटर घरेलु मदिरा नष्ट ।

समाचार

रसीद आलम, बारा,२२ असोज ।

बारा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक सुरेश कुमार काफ्लेले नेपाल सरकारको मापदण्ड बिपरित जिल्लामा रहेका सम्पुर्ण अबैध घरेलु मदिरा भट्टीलाई जिल्लाबाट सफाया गरेर अबैध घरेलु मदिरा मुक्त जिल्ला बनाउने प्रतिबद्धता जनाएका छन् ।

सोही प्रतिबद्धता अनुसार जिल्ला प्रहरी कार्यालय बारामा प्रमुखको कार्यभार सम्भालने बित्तिकै प्रहरी उपरीक्षक सुरेश कुमार काफ्लेले अबैध घरेलु मदिरा नियन्त्रण गर्ने ,घरेलु मदिरा बनाउने भट्टी नष्ट गर्ने अभियान तिब्र रुपमा संचालित गरेका छन् ।

सो अभियानकै क्रममा जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न ठाउँहरुमा छापामारी गरि भारी मात्रामा अबैध घरेलु मदिरा तथा भट्टी नष्ट गरेको जनाएको छ।

सोमबार  बारा प्रहरीको टोलीले बाराको कोल्हवी न. पा. वडा न. ९ बिरता र प्रसौनी गा. पा. वडा न. १ नकटुवामा छापामारी गरि मदिरा राख्ने २५ वटा ड्रम ,मदिरा तयार पार्ने ४ वटा मेशिन तथा मदिरा राख्ने तबला ६ वटा बरामद गरि नियन्त्रणमा लिएको छ।

सो स्थानबाट मदिरा बनाउने कच्चा पदार्थ १५ हजार १ सय ५० लिटर तथा तयारी मदिरा ४ हजार ५० लिटर बरामद गरि नष्‍ट गरिएको बारा प्रहरीका सूचना अधिकारी प्र.ना.उ.(डिएसपी) दधिराम न्यौपानेले बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *