रसीद आलम, बिरगंज ,२२ असोज ।
बिल बिजक भन्दा बढी ईलेक्ट्रोनिक्स तथा खुद्रा सामानहरू लोड रहेको राजस्व छली गरिएको आशंकामा एक ट्रकलाई बिरगंजको गण्डकबाट नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आइतबार राती ११ बजेको समयमा बिल विजक भन्दा बढी ईलेक्ट्रोनिक्स तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट धनुषातर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकमा ना.३ ख ४३१३ नम्बरको मालवाहक ट्रकलाई प्रहरीले रोकी चेकजाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा ट्रकलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।
ट्रक भित्र लोड रहेको ईलेक्ट्रोनिक्स तथा खुद्रा सामानहरूको रू.२६ लाख ०१ हजार ८ सय ७६ बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको डिएसपी थापाले जनाए ।