मकवानपुर : बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको सवारीमा अबैध भन्सार छलिका समानहरु बरामद-मकवानपुर प्रहरी ।

समाचार

मकवानपुर ,२३ असोज ।

बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको यात्रुबाहक सवारीमा रु.१लाख ७९ हजार ३ सय ८० बराबरको अबैध भन्सार छलिका समानहरु बरामद भएको प्रहरीले जनाएको छ।

मंगलवार ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले मकवानपुरको हेटौंडा उ.म.न.पा.वडा नं. १५ स्थित रातोमाटे चेकपोष्ट अगाडी सडकमा सवारी साधनहरु रोकी चेकजांच गर्ने क्रममा बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको यात्रुबाहक सवारीमा अबैध रुपमा लुकाई छिपाई भन्सार छलि गरी ल्याईएको कपडाहरु , खाद्यन्न र युरिया मल पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ।

बरामद गरिएको सामानहरुको रु.१ लाख ७९ हजार ३ सय ८० बराबरको मुल्यांकन गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागी भन्सार कार्यालय बिरगंज पर्सा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी गराएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *