आज देखी सुरू भयाे सरकारी खसी बोकाको बिक्रि बितरण

समाचार

काठमाडौं, २९ असोज । आज देखी काठमाडौंमा खसीबोका र च्याङ्ग्राको बिक्रि बितरण सुरु भएको छ ।

 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज देखि बडा दशैँका लागि खसीबोका र च्याङ्ग्रा बिक्री सुरु गरेको हो ।

Advrts

मुस्ताङ, पोखरा, धादिङ, मकवानपुर, रसुवा र दाङबाट खरिद गरिएका खसी, बोका र च्याङ्ग्राको बिक्रि बितरण सुरु गर्न लागेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट खसी, बोका र च्याङ्ग्रा बिक्री गरिनेछ।

 

कम्पनीका अनुसार अहिलेसम्म दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा बिक्री गर्ने गरी थापाथलीमा ल्याएको छ । खसी, बोका र च्याङ्ग्रा खरिदका लागि यो वर्ष सरकारले ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *