रसीद आलम, बिरगंज ,३० असोज।
सशस्त्र प्रहरी बल नेपाल गण न.१३ पर्साले दुई हप्तामा ३७ लाख भन्दा बढीका अबैध सामानहरु बरामद गरेको जनाएको छ।
सशस्त्र प्रहरी बल पर्साको मातहतका बिओपी यूनिटहरुले पर्सा जिल्लाबाट १५ असोज देखि ३० असोज सम्ममा अबैध काठ २क्यू. फिट.रु.४४ हजार बराबरको ,बोईलर कुखुरा१०० गोटा रु.१४ हजारको,सुर्ती २४ के.जी. रु.७ हजार २ सय,लत्ता कपडा १६ बोरा रु.२५ लाख ४५ हजार ७ सय २६,हार्डवेयर सामान ८ बोरा रु.४ लाख ५२ हजार अस्सिको,किराना सामान ६ बोरा रु.१ लाख ९४ हजार ७ सय ५०, मोटर पार्टस ३ बोरा रु.३ लाख ५० हजार २ सय ४० तथा मोटरसाइकल २ वटा १ लाख ८० हजारको जम्मा गरि रु.३७ लाख ४८ हजार ३ सय ९६ मुल्य बराबरको अबैध विभिन्न सामानहरु बरामद गरिएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सङ्गम श्रेष्ठले जनाएका छन् ।
(Advrts)
विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साको गणपति सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यको सक्रियतामा मातहतका बिओपीबाट बिद्युत चुहावटको आरोपमा १७ जना ब्यक्तिलाई नियन्त्रणमा लिई सम्बन्धीत कार्यालयमा बुझाईएको तथा एक वटा पिक अप, एक वटा ट्याक्टर र ३ वटा ट्रकमा विल विजक भन्दा बढी एंव फरक माल सामान लोड रहेकोेले नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको सशस्त्र प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।