सशस्त्र प्रहरी बल पर्सा गुल्म बिरगंजद्वारा १२ लाखको भन्सार छलीका सामान बरामद।

समाचार

बिरगंज ,रसीद आलम,२२ असोज ।

सशस्त्र प्रहरी बल पर्सा मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजलेरु.१२ लाख ८ हजार १ सय ७६ मुल्य बराबरको भन्सार छलीका  सामान बरामद गरेको छ।

असोज २२ गते गुल्म बिरगंजका डिएसपी सुरज रिजालको कमान्डमा बि.म.न.पा-१६ भन्सार मेनगेट लगायत बिभिन्न सीमानाकाहरुबाट अबैध रुपमा ना २ ह ४७८५ नम्बरको अटो तथा अन्य बिभिन्न सार्वजनिक सवारी साधनहरुमा लोड गरी  नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु. ८ लाख ५८ हजार १ सय ७६ बराबरको कपडा, किराना सामान, मोटरपार्टस, खेलौना, कस्मेटिक  तथा विभिन्न औषधिहरु बरामद गरेको छ।

बरामद गरेको सामान तथा ३ लाख ५० हजारको अटोलाई आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक नरेन्द्र सिंह धामीले जानकारी गराएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *