पर्सा : मोटरसाइकल चोरीको आरोपमा एक जना पक्राउ ।

समाचार

रसीद आलम,बिरगंज ,३ कार्तिक ।

बिरगंजमा मोटरसाइकल चोरीको आरोपमा एक जना ३२ वर्षीय ब्यक्तिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीको कमान्डमा खटिएका प्रहरी टोलीले विशेष सूचनाको आधारमा नारायणी उपक्षेत्रीय अस्पताल स्थितबाट ४ वटा चोरिको मोटरसाइकल सहित रौतहट कटहरिया-८ निवासी वर्ष ३२ को अजय गोसाईलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय बिर्ताले जनाएको छ।

हाल बिरगंज -४ भगवती टोलमा बस्दै आईरहेका गोसाईलाई नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान भैइरहेको बिर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *