युएनका महासचिवलाई मुद्धा ध्यानाकर्षण गराउन माओवादीका पुर्व बाल लडाकुले प्रदर्शन गर्ने

समाचार

काठमाडौं, १४ कार्तिक । माओवादीका पुर्व बाल लडाकुहरुले आज प्रदर्शन गर्ने भएका छन् ।

 

माओवादी सशष्त्र बिद्रोहमा संलग्न गराईएका पुर्व बाल लडाकुहरुले आफुहरु माथी ‘युद्ध अपराध’ गरेको तर न्याय नदिएको भन्दै आज काठमाडौंमा प्रदर्शन गर्न लागेका हुन् ।

 

संयुक्त राष्ट्र संघका महासचिव  एन्टोनियो गुटेरेसले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्ने दिन पारेर उनीहरुले सो प्रदर्शन गर्न लागेका हुन ।

 

‘संयुक्त राष्ट्र संघमा महासचिवलाई हाम्रो मुद्धाका बारेमा जानकारी गराउनका लागि आज काठमाडौंमा प्रदर्शन गर्न लागेका छौं,’ बर्हिगमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन बिष्टले भने, ‘पुर्व बाल जनमुक्ति सेनाको मुद्धा सम्बोधन गराउनका लागि र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनका लागि उक्त प्रदर्शन गर्न लागिएको हो ।’ उनका अनुसार ११ बजे देखी बबरमहल क्षेत्रमा सो समुहले प्रदर्शन गर्नेछन् ।

 

महासचिव गुटेरेसले आज ४ बजे संघीय संसदको सयुक्त बैठकलाई बिशेष सम्बोधन गर्दैछन् ।

 

चार दिने नेपाल भ्रमणमा आएका गुटेरेसले पहिलो पटक नेपालको संसदमा सम्बोधन गर्न लागेका हुन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *