प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन

समाचार

काठमाडौं, १७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।

राष्ट्रिय युवा संघ नेपालले शुक्रबार बानेश्वरमा सरकारको विरोध गर्दै प्रदर्शन गरेको हो। सर्वोच्च अदालतले बाँकेका रिगल ढकाललाई सरकारले गरेको आममाफी दिने निर्णय बदर गरेसँगै प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने युवासंघको माग छ।

बिजुलिबजार देखि बानेश्वरसम्म उनीहरूले प्रदर्शन गरेका हुन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *