भुकम्पमा परी निधन हुनेको संख्या १३० नाघ्यो

समाचार

सुर्खेत, १८ कार्तिक । शुक्रबार राती गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या १३० नाघेको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोट र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका अनुसार क्रमशः जाजरकोटामा ९४ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

जाजरकोटमा ६४ जना र रुकुम पश्चिममा ८५ जना भन्दा बढी घाइते भएका छन् । सबै घाइतेको उपचार भईरहेको छ ।

 

जिल्ला प्रशासन कार्यालय जाजरकोटलङ्गा सदरमुकाम, नलगाड नगरपालिका र भेरी नगरपालिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको प्रारम्भिक रिर्पोट आएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *