अमेरिकाले रोक्यो तीन बर्षमा ६० लाख आप्रवासीलाई सिमानामा,अमेरिकन प्रहरीले लखेटेको आप्रावासी चढेको कार अर्को कारसँग ठोक्कियो, ८ को मृत्यु

बिदेश समाचार

वासिंगटन डिसी, २४ कार्तिक । अमेरिकी राष्ट्रपतिमा जो वाइडेन नियुक्त भए देखी ६० लाख आप्रावासीलाई सिमाना रोकिएको छ ।

 

अमेरिकी होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्कासका अनुसार जनवरी २०२१ मा राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरे देखि करीव ६० लाख आप्रवासीहरूलाई उनीहरूलाई दक्षिणी सीमामा रोकेका हुन  ।

 

अधिकारीहरूले गत मेदेखि यता मात्रै देशमा रहन मापदण्ड पूरा नगर्ने ३ लाख ५० हजार भन्दा बढी आप्रवासीहरूलाई फिर्ता (डिर्पोट) गरिएको छ ।

 

जसका कारण अमेरिकामा अवैध आप्रवासन राष्ट्रपति जो बाइडेनका लागि प्रमुख राजनीतिक टाउको दुखाइ बनेको छ। यसका लागि रिपब्लिकन पार्टीले उनीमाथि लचिलो सीमा नीतिको आरोप लगाएको छ ।

 

बाइडेनले मेक्सिकोसँगको सीमालाई बलियो बनाउन र अध्यागमन एजेन्टहरू, वकिलहरू र शरण अधिकारीहरू भर्ती गर्न कांग्रेससँग थप १३.६ बिलियन डलरको माग गरेका छन्।

 

अमेरिकाको टेक्सासमा दुईवटा कार एक आपसमा ठोक्किँदा ८ जनाको मृत्यु भएको छ ।

सो क्रममा सेतो होन्डा कारमा सवार व्यक्तिहरु पक्राउबाट बचिरहेका तस्करहरुसमेत थिए । सोही क्रममा अर्को कारसँग ठोक्किएर उनीहरुको मृत्यु भयो भने अर्को कारमा रहेका दम्पतीको पनि मृत्यु भयो ।

 

टेक्सासका प्रहरी अधिकारीहरूले सेतो होन्डा कारका चालकले कागजपत्र विहीन आप्रवासीहरू बोकेर हिडेको जानकारी दिएको छ । उनीहरु मेक्सिकोको सीमाबाट करिब ६० माइल (१०० किलोमिटर) सडकमा प्रहरीबाट भाग्दै थिए। सोही क्रममा ट्रकबाट बच्न खोज्दा अर्को कारसँग ठोक्किएर दुवै कारमा रहेका व्यक्तिको मृत्यु भएको हो ।

 

टेक्सासको सार्वजनिक सुरक्षा विभागका प्रवक्ताले एएफपीलाई बताए कि सातजना पीडितको घटनास्थलमै मृत्यु भयो भने आठौंको अस्पतालमा मृत्यु भएको थियो । प्रहरीका अनुसार सेतो होन्डा कारमा सवार अधिकांश आप्रवासी होन्डुरसका थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *