बिरगंज ,२५ कार्तिक ।
पर्सा प्रहरीले विभिन्न मितिमा विभिन्न स्थानहरुबाट बरामद गरेको आतिसवाजी तथा पटाका नष्ट गरेको जनाएको छ ।

चाडपर्व सुरक्षा योजना अनुरूप खटिएको प्रहरी टोलीले भारतबाट लुकाइ छिपाई ल्याइएका आतिसवाजी तथा पटाकाजन्य बस्तुहरू विभिन्न मिति तथा स्थानहरूबाट रू.८ लाख बराबरका वेवारिसे अवस्थामा बरामद गरी स्थानीय जनप्रतिनिधी तथा संचारकर्मीहरूको रोहबरमा जिल्ला प्रहरी कार्यालय पर्साका खाली जग्गामा खाल्डो खनी पानी राखि नष्ट गरिएको पर्सा प्रहरीका डिएसपी कुमार बिक्रम थापाले बताए ।
