रसीद आलम,बिरगंज ,८ जेठ ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका प्रहरी चौकी ईनर्वाले लागु औषध खैरो हिरोइन र अफिम सहित दुई जना मानिसहरूलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेट स्थित सडकखण्डबाट पक्राउ गरेको छ ।
जेठ ७ गते प्रहरी चौकी ईनर्वाबाट प्रहरी नायब निरीक्षक तेज प्रताप सिंहको कमान्डमा खटिएको नियमित चेकिङ टोलीले बा.प्र.०३-०२-प ९४५० नम्बरको स्कुटीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त स्कुटीको सिटमुनी लुकाइ छिपाई प्लाष्टिकको झोलाभित्र राखिएको लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १५१ ग्राम र अफिम जस्तो देखिने पदार्थ १५४ ग्राम फेला परेको हुँदा स्कुटी सहित दुई जनालाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ बस्ने वर्ष २९ को समुन्द्र साह र सोही बस्ने वर्ष २४ को अमिर वानिया रहेको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) कुमार बिक्रम थापाले जानकारी दिए।
निज व्यक्तिहरूलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा मिति २०८१।०२।०८ गते पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिइ थप अनुसन्धान कार्य भैरहेको डिएसपी थापाले जनाएका छन् ।
