रसीद आलम,बिरगंज ,९ मंसिर ।
एन्युज टि.भिको गाडिमा शनिबार केही उछृङ्गल सोचका समूहले आक्रमण गरेका छन् ।
सो घटना प्रति नेपाल पत्रकार महासंघ पर्साको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले स्थानिय प्रशासनसंग कार्यावाहीको माग गर्दै घटनाको निन्दा गर्दै प्रेस विज्ञप्ती जारी गरेको छ।
नेपाल पत्रकार महासंघको प्रेस विज्ञप्ती यस प्रकार छ:
नेपाल पत्रकार महासंघ ,Federation of Nepali Journalists (FNJ)
विज्ञप्ती
“पर्साको जगरनाथपुर गाउँपालिकामा आयोजना भएको दोस्रो अध्यक्षकप क्रिकेट टुर्नामेण्ट प्रतियोगीतामा पराजीत समुहले एन्युज टि.भिको गाडिमा आक्रमण गरेका छन । एन्युजकर्मी राजेन्द्र सिंहसहितको टोली खेल सकेर फर्केर आईरहेको बेला हार व्यहोरेका पोशाकमै रहेका खोलाडी सहितको वडा नं.०६ का स्थानियहरुले प्रसौनीमा आक्रमण गरेका हुन। एन्युज टि. भिको ना १ च ८१८२ नम्बरको सवारीमा तोडफोडबाट क्षती पुगेको छ ।
खेलमा एन्युज टि. भिद्धारा प्रत्यक्ष प्रसारण गरेको भिडियोको आधारमा खेलाडी आउट भएको या नभएको निर्णय दिनुपर्ने अडान राखेको र सो भिडियो आफु संग नरहेको भन्दा भन्दै स्थानिय तथा खेलाडीहरु खेलमैदानमा पनि आक्रमण प्रयास गरेका थिए । यस घटना प्रति नेपाल पत्रकार महासंघ पर्साको गम्भीर ध्यानाकर्षण भएको छ । संचारकर्मी र संचारको वाहनमा क्षती पुर्याउने समुहको पहिचान गरि उनिहरूलाई कानुनी दायरामा ल्याएर कार्यावाही गर्न स्थानिय प्रशासन समझ मांग गर्दछौ ।”
अनुप तिवारी
(अध्यक्ष)
नेपाल पत्रकार महासंघ, पर्सा