सशस्त्र प्रहरी बाराद्वारा ७ लाख बराबरको अबैध सामान बरामद

समाचार

बारा, चैत २६ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण मुख्यालय बाराबाट खटिएको टोलीले भारतबाट अबैध रूपमा भन्सार छली नेपाल भित्र्याइँदै गरेको अनुमानित ७ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

मिति २०८१ साल चैत २६ गते राति करिब १२:३० बजे बाराको सुवर्ण गाउँपालिका–०३ लंगडा टोल तथा कलैया उपमहानगरपालिका–०९ बघवन इलाकाबाट सशस्त्र प्रहरी बाराका गणपति एसपी खुम बहादुर के.सी.को नेतृत्वमा खटिएको टोलीले उक्त सामान बरामद गरेको हो।

बरामद गरिएका सामग्रीहरूमा ६५ कार्टुन विभिन्न प्रकारका भारतीय कम्पनीका Lakme Moisturizer क्रिम, ११ जार (१६५ लिटर) खाने तेल तथा १ वटा भारतीय मोटरसाइकल रहेका छन्।

सामानहरू आवश्यक कानुनी कारबाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको गणपति सशस्त्र प्रहरी उपरीक्षक के.सी.ले जानकारी दिनुभयो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *