बारा,१२ मंसिर ।
भन्सार छलिएका करिब २४ लाख बराबरको अबैध सामानहरु सहित एउटा ट्रक बारा प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा सोमबार खटिएका प्रहरी टोलीले जीतपुर सिमरा उ.म.न.पा.वडा नं.१ पथलैया र जीतपुर सिमरा उ.म.न.पा.वडा नं.२१ अमलेखगंजमा चेकजाँचको क्रममा लु २ ख ६३७ नम्बरको ट्रकबाट दाल-१ ट्रक तथा लु २ ख ६८७४ नम्बरको यात्रुबाहक बसबाट चिनी ५ बोरा बरामद गरेको प्रहरीले जनाएको छ।
सो भन्सार छलिएका अबैध सामानहरुको बजार मुल्य रू.२३ लाख ८८ हजार ५ सय रहेको छ। नियन्त्रणमा लिएको ट्रकलाई आवश्यक कार्वाही तथा थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ।
