पर्सा,१६ मंसिर ।
पर्सा जिल्लाको विभिन्न ठाउँमा लगाईएका गाँजाखेती प्रहरीले नष्ट गरेको छ।
ठोरी गाउँपालिका ५ मा ११ कठ्ठामा लगाईएको ५००० बोटको गाँजा खेती ,ठोरी गाउँपालिका ४ मा ४ कठ्ठामा २००० बोट तथा जिराभवानी गाउँपालिका १ मा १० धुरमा ३५० गाँजाको बोट फडानी गरी गरी नष्ट गरिएको पर्सा प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा पर्ने प्रहरी चौकी सुवर्णपुर,प्रहरी चौकी विजयबस्ती र प्रहरी चौकी महादेवपट्टी तथा सशस्त्र प्रहरी बल नेपाल पर्साको सन्युक्त टोलीले शनिबार पर्साको विभिन्न गाउँ पालिकामा जम्मा १५ कठ्ठा १० धुरमा लगाईएको ७३५० बोटको गाजाखेती फडानी गरी गरी नष्ट गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी )कुमार बिक्रम थापाले बताए ।
गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने प्रतिबद्धता पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक( एसपी ) कोमल शाहले जनाएका छन् ।