सिरहाको लहानमा साइकल स्टोरमा आगलागी, लाखौंको क्षती

समाचार

लहान, १८ मंसिर। सिरहाको लहानको एक  साइकल स्टोरमा आगलागी हुँदा लाखौं रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।

 

लहान गरपालिका ३ स्थित नेपाल साइकल स्टोरमा आगलागी हुँदा करिव ६० लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएका हो।

 

आगलागीमा बिक्रीका लागि तयारी अवस्थामा राखिएका नयाँ साइकल, मोटरसाइकल, अटोरिक्साका टायर ट्युबका साथै पार्टपुर्जालहरु जलेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टले जानकारी दिए ।

 

आगलागीमा करिव ६० लाख बरावरको धनमाल जलेको अनुमान गरिएपनि एकिन विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ। आगलागीको कारण अझै खुल्न सकेको छैन।

 

लहान नगरपालिका र गोलबजार नगरपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रण भएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *