बिरगंज ,१८ मंसिर ।
बिरगंजमा प्रहरी चौकी ईनर्वा तथा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्साको संयुक्त टोलीले प्रतिबन्धित लागु औषध सहित तिन जना मानिसहरुलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मंसिर १५ गते वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डमा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त चेकिङ टोलीले भारतबाट वीरगञ्जतर्फ आउने सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा ना.३० प ७७४६ नम्बरको स्कुटीलाई रोकी खानतलासी गर्दा मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.१ बस्ने वर्ष २४ को समिप श्रेष्ठ र पछाडी सवार सोही बस्ने वर्ष २८ को सुवास पौडेलले लगाएको हुडी भित्र लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोइन ०.६२० मि. ग्राम फेला परेको हुँदा सो लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिईएको हो।
त्यस्तै मंसिर १५ मा नै वीरगञ्ज म.न.पा.वडा नं.१६ रजतजयन्ती चोकमा भारतबाट संकाष्पदरूपमा पैदल हिंडिरहेको मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.१४ मयूरधाप बस्ने वर्ष २८ को साजन पौडेलले बोकेको प्लाष्टिकको झोलाभित्र प्रतिबन्धित लागु औषध नाईट्राजेपाम नाइजा एक्यान प्रति पत्तामा १० ट्याब्लेटका दरले ७ पत्तामा ७० ट्याब्लेट फेला परेको हुँदा निजलाई लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त चेकिङ टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
सम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कार्वाही भैरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी )कुमार बिक्रम थापाले बताए ।
