त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद

समाचार

काठमाडौं, २४ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ परेका छन् ।

 

फ्लाइ दुबईको जहाजबाट शनिबार राति ११ बजेर ५१ मिनेट विमानस्थलमा अवतरण गरेका उनी ६ किलो ५७५ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

सुन भन्सारबाट पास भइ बाहिरिसकेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका इजिप्टका नागरिक रहेका बताइएको छ ।

साथै शंकास्पद दुईजना सुडानी नागरिक पनि पक्राउ परेका र  उनीहरुमाथि पनि अनुसन्धान भइरहेको जनाइएको छ ।

 

दुई दिनअघि पनि विमानस्थलबाट १४ किलो सुनसहित एकजना पक्राउ परेका थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *