बलिउड अभिनेत्री जरिन खानमाथी अदालतकाे आदेश, अनुमति बिना बिदेश जान रोक

मनोरंजन समाचार

कोलकत्ता, २६ मंसिर । कोलकाताको एक अदालतले बलिउड अभिनेत्री जरिन खानलाई ठगी मुद्दामा थोरै भए पनि राहत दिएको छ ।

 

पश्चिम बंगालको राजधानी कोलकाताको एक अदालतले सोमबार जरिन खानलाई यहाँको नरकेलडांगा प्रहरी स्टेशनमा दर्ता भएको ठगी मुद्दामा अन्तरिम जमानत दिएको हो। तर, अदालतले जरिनलाई अनुमति बिना विदेश यात्रा गर्न भने रोक लगाएको छ ।

 

खानको वकिलको सुनुवाई पछि सियालदह अदालतले उनलाई ३० हजार रुपैयाँको व्यक्तिगत धरौटीमा डिसेम्बर २६ सम्मको लागि अन्तरिम जमानत दिएको छ तर, कोलकाता पुलिसको पूर्व अनुमति बिना देश छोड्न निषेध भने निषेध गरिएको छ । साथै, सो अदालतले सुनुवाईका लागि मुम्बईकी जरीन खानलाई पनि हरेक सुनुवाइमा उपस्थित हुन निर्देशन दिएको छ ।

 

यो मामला २०१८ को हो ।  जब अभिनेत्री जरीन खानले यहाँ दुर्गा पूजा समारोहमा प्रदर्शन गर्नका लागि करिब १२ लाख रुपैयाँ अग्रिम भुक्तानी लिएकी थिइन्। तर, उनी कुनै न कुनै कारणले कार्यक्रममा आइनन् । त्यसपछि आयोजकले उनी र उनका व्यवस्थापक विरुद्ध नार्केलडांगा प्रहरी चौकीमा उजुरी दिएका थिए ।

 

जुन मुद्दामा गत सेप्टेम्बरमा अदालतले जरिन खानविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *