बारा:२३ लाख भन्दा बढीका विभिन्न सामान सहित ट्रक पक्राउ।

समाचार

रसीद आलम,बारा,२५ मंसिर ।

बारा प्रहरीले चेकजाँचको क्रममा २३ लाख ५० हजार बराबरको विभिन्न समानहरु सहित एउटा ट्रक नियन्त्रणमा लिएको जनाएको छ।

आइतबार राती ९:४० मा जिल्ला प्रहरी कार्यालय बाराको मातहत प्रहरी  चौकी पथलैयाबाट खटिएको बिशेष प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.१ पथलैया चोकमा चेक जाँच गर्दा Online Bill तथा  Vat Bill मा Delivery Place फरक फरक रहेको र विल विजक भन्दा बढि सामानहरु लोड गरेकाले ट्रक सहित सामानहरु नियन्त्रणमा लिएको बारा प्रहरीले दाबी गरेको छ।

चेकजाँच गर्ने क्रममा म.प्र.०३-००१ ख ७७२२ नम्बरको  यात्रुबाहक बसबाट बिल नभएको प्याज ३०० किलो तथा ना ४ ख २०६९ नम्बरको ट्रकबाट सन्कास्पद बिल भएको दाल १०,३७५ किलो,राज्मा १,५०० किलो र चाना २,८७५ किलो बरामद भएको हुँदा ट्रक सहित सामानहरु नियन्त्रणमा लिएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी )दधिराम न्यौपानेले बताए ।

पक्राउ गरिएको सामानहरुको अन्दाजी बजार मुल्य रु.२३ लाख ५० हजार १ सय २५ रहेको छ।सो सम्बन्धमा थप अनुसन्धान भइरहेको तथा आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको डिएसपी न्यौपाने जानकारी गराएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *