रसीद आलम,बिरगंज,२५ मंसिर ।
बिरगंजमा बिल बिजक भन्दा बढी खुद्रा समानहरू लोड रहेको ट्रकलाई आइतबार पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको आधारमा आइतबार राति १०:१५ मा बिल विजक भन्दा बढी खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट कैलाहीतर्फ जाँदै गरेको अवस्थामा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकमा पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ना.६ ख २६४८ नम्बरको मालवाहक ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा ट्रकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ गरेका सामानहरुको रू.८५ लाख ८९ हजार ४ सय ४२ बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी )कुमार बिक्रम थापाले बताए ।
