रसीद आलम,बिरगंज ,९ पुस।
पर्साको पटेर्वा सुगौली गा.पा. वडा न २ को थरुहटी गाउँ देखि दुई सय मिटर उतर जङ्गलको खाली जग्गामा दिशा गर्न गएको बेला बाघको आक्रमणबाट एक जना स्थानीयको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आइतबार बेलुका ६ बजेको समयमा दिशा गर्न गएको बेला बाघले आक्रमण गरेको र आक्रमण गरेको ठाउँ घट्नास्थल देखि अन्दजी तीन सय मिटर भित्र लगी मारेको आशंका गरिएको छ।
मारेको ठाउमा मृतकको मोबाइल रहेको र एउटा दाहिने घुडा देखि तलको खुट्टा बाकी रहेको, गर्धनको छाला नभएको मासु र हडी रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
घट्नास्थलबाट निजको ब्रासलेट, कट्टु ,सुर्तीको बट्टा बरामद गरिएको र घटना स्थलमा छाला नभएको खप्पर रहेको प्रहरीले जनाएको छ् ।
बाघले आक्रमण गरेको ठाउँबाट लासलाई लगेको बाटो भरी रगत लागेको स्थानीयले बताउँछन्।
मृत्यु भएको पटेर्वा सुगौली गा.पा. वडा न २ थरुहटी बस्ने बाबुलाल धागडको छोरा बर्ष ३२ को मनोज राउत धागडको टाउको र खुट्टा भएको स्थानदेखी १० मिटर उतर पुर्वमा मृतकको ज्याकेट बरामद गरिएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक राम राजा केशरीले बताए।
घट्ना स्थल तथा लास जाँच मुचुल्का लगायतको काम भैरहेको तथा पोस्ट मार्टमको लागि नारायणी उप क्षेत्रीय अस्पतालमा पठाउने काम भइरहेको प्रहरी निरीक्षक केशरीले जनाए।