जडीबुटीमा सवारीको ठक्करबाट बालिकाको मृत्यु

समाचार

काठमाडौं, १५ पुस । काठमाडौं महानगरपालिका ३२ जडीबुटीस्थित सडकमा बाप्र०२–००२ प ८४९६ नम्बरको मोटरसाइकलको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।

ज्यान गुमाउनेमा पैदलयात्री सोही ठाउँ बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका-१ घर भएका छविलाल मगरकी छोरी ११ वर्षीया लक्ष्मी मगरको रहेकी छन्। उनको शनिबार साँज ज्यान गएको हो।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालिएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *