सुनसहित एक जना पक्राउ

समाचार

धनगढी, ३ भदौ । कैलालीमा भन्सार छली गरी ल्याएको ८१ ग्राम ८८० मिलिग्राम सुनजस्तो देखिने पदार्थसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–९ निवासी ३६ वर्षीय दिपक गौर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले गौरले अवैध रूपमा सुनजस्तो देखिने पदार्थ कारोबारका लागि बोकेर हिँडिरहेको भन्ने विशेष सूचनाका आधारमा खोजतलास गरेको थियो। सो क्रममा धनगढी उपमहानगरपालिका–१ बाट उनलाई फेला पारी खानतलासी गर्दा उनको खल्तीबाट ८१ ग्राम ८८० मिलिग्राम तौल भएको सुनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद पदार्थको अनुमानित मूल्य २१ लाख ६२ हजार १२३ रुपैयाँ बराबर रहेको छ। गौरको साथबाट **‘निलो सुन चाँदी गहना पसल’**को नाममा रहेको बिलसमेत फेला परेको थियो। तर, उक्त बिलमा पसलको छाप नरहेको तथा बरामद पदार्थको स्रोतसमेत खुलाउन नसकेपछि भन्सार छली गरी ल्याइएको आशंकामा पदार्थ नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका गौरलाई बरामद सुनजस्तो देखिने पदार्थसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि कैलाली भन्सार कार्यालय, त्रिनगरमा बुझाइएको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *