सिद्धबाबा सुरुङमार्ग नजिक पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध

समाचार

पाल्पा, भदौ ३ । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्ग क्षेत्रनजिक पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

पाल्पातर्फबाट सुरुङमार्ग प्रवेश गर्ने बिन्दुबाट करिब १०० मिटर उत्तरतर्फ माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो। उक्त स्थानमा अझै पनि माथिबाट पहिरो खसिरहेको बताइएको छ।

पहिरोका कारण सडक पूर्णरूपमा बन्द भएपछि प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ट्राफिक प्रहरीसहित ५ जनाको टोली घटनास्थलमा परिचालन गरिएको छ।

सडक खुलाउन आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ। पहिरो हटाउन जेसीबी तयारी अवस्थामा राखिएको छ भने माथिबाट पहिरो खस्ने क्रम रोकिएलगत्तै सडकमा थुप्रिएको पहिरो हटाउने काम सुरु गरिने बताइएको छ।

घटनास्थल प्रहरी चौकी दोभानबाट करिब १ किलोमिटर दक्षिणतर्फ पर्छ। पहिरो खस्ने क्रम जारी रहेकाले उक्त सडकखण्डमा यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *