पर्सामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत लागु औषध सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न।

समाचार

रसीद आलम।बिरगंज ,फागुन १७।सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया २ पर्साको आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत जिल्ला पर्सा बी.म.न.पा वडा नं.२ स्थित रहेको मोडेल कलेजमा लागु औषध सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न  भएको छ  ।

उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा बीरगंज महानगरपालीकाका उपप्रमुख ईम्तियाज आलमको प्रमुख आतिथ्यमा, वडा समितिको कार्यालय वडा नं.२ का वडा अध्यक्ष  महमद रेयाज मिया तेली,वडा समितिको कार्यालय वडा नं.३ का वडा अध्यक्ष  बैजु स्वर्णकारको बिशिष्ट आतिथ्यतामा,  जिल्ला प्रहरी कार्यालय पर्साका प्र.नि.मनिषा लौडारी ,वडा प्रहरी कार्यालय बिर्ताका कार्यालय प्रमुख प्र.नि.विदुर सिवाकोटीको आतिथ्यतामा लागू औषध भनेको के हो?,लागू औषधबाट हुने हानि- नोक्सानी ,लागू औषध ओसारपसारमा संगलन हुँदा राज्यबाट गरिने कानुनी कार्यवाही जस्ता अन्य सुचनात्मक जनचेतना मुलक जानकारी सहभागी छात्र ,छात्राहरुलाई दिईएको सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले बताएका छन ।

सो कार्यक्रममा मोडेल कलेजका बिधार्थीहरूमध्ये ६०जना छात्र, ४५ जना छात्राको सहभागिता थियोे तथा विश्वास पुन-स्थपाना नशा मुक्त केन्द्रका श्याम लामा, मोडेल कलेजका प्र.अ.डा.शिवेस कुमार पाण्डे ,  सामुदायिक सेवाकेन्द्र छपकैयाका पदाधिकारीहरु बरिष्ठ उपाध्यक्ष अब्दुल हक , कोषाध्यक्ष प्रेमा कुमारी सिंह,सचिव प्रबिण बिक्रम शाह ,सदस्य अब्दुल कैश  ,पत्रकार अजित भुजेल, राहुल कुमार गुप्ता, सामुदायिक प्रहरी प्र.स.नि.  ईन्दिवर चौधरी, प्र.ह.देवेन्द्र कुमार पटेल लगाएतको उपस्थित रहेको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *