रसीद आलम,बारा,१७ पुस।
युनाईटेड स्टेट अफ अमेरिका(USA)बाट लागु औषधको पार्सल मागाएको आरोपमा वीरगंज महानगरपालिका वडा नं.१ छपकैयाका तिनजना व्यक्तिलाई कलैयाबाट पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विदेशबाट लागु औषध डिलेभरी हुँदैछ भन्ने विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय बारा र लागु औषध व्युरो वीरगंज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार दिउँसो ३ बजेको समयमा कलैया उप-महानगरपालिका वडा नं.१ मोतिबाग स्थित रहेको जिल्ला हुलाक कार्यालय अगाडिबाट विदेशबाट आएको कार्टुनसहित पक्राउ गरिएको हो।
सो कार्टुनमा Popcorn Mix Trio लेखिएको रातो रंगको टिनको डब्बा भित्र तिन प्याकेट गाँजा,Old Fashioned Oats लेखिएको डब्बा भित्र १ प्याकेट गाँजा तथा Quick Oats लेखिएको डब्बा भित्र पनि १ प्याकेट गाँजा गरि जम्मा १ किलो १४६ ग्राम लागु औषध गाँजा बरामद भएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी )दधिराम न्यौपानेले बताएका छन् ।
पक्राउ पर्नेहरूमा वीरगंज छपकैया सिसोवारी बस्ने वर्ष २२ को नैमोदिन मियाँ,बजार छपकैया बस्ने वर्ष २७ को जितेन्द्र साह सोनार र वर्ष २२ कृष्णा सराफ रहेको डिएसपी न्यौपानेले जनाए।
बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार निजहरुलाई लागु औषध गाँजा सहित नियन्त्रणमा लिई लागु औषध मुद्दा दर्ता गरी सम्मानित बारा जिल्ला अदालत बाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जनाएका छन्